Article : ब्रेन ड्रेन होइन, बरू ब्रेन गेन
नेपालबाट विभिन्न उद्देश्यले विदेशिनेको संख्या बर्सेनि बढ्दो छ। त्यसै कारण सन् २००३ मा केही अग्रजको पहलमा सुरु भएको गैरआवासीय नेपाली सञ्जाल आज ७० देशमा विस्तार हुन सकेको हो। काम, शिक्षा वा अवसरको खोजीमा विदेशिने संख्या बढ्दै जाँदा 'ब्रेन ड्रेन' या प्रतिभा पलायनको जोखिमसमेत उत्पन्न भएको छ। तर, कुनै पनि विकासोन्मुख मुलुकका लागि यो स्वाभाविक प्रक्रिया हो। छिमेकी भारतमा करबि ३० वर्षपहिले विदेशिने युवाको संख्या बढ्दै जाँदा ब्रेन ड्रेनको गुनासो धेरै सुनिन्थ्यो। तर, अहिले विदेशमा सफल भारतीय स्वदेश फर्किएका छन् र आफ्नो मातृभूमिको समृद्धिको अभियानमा साथ दिँदै छन्।