प्रवासी नेपालीको मतदान प्रस (श्रोत: गोरखापत्र, विचार विवेचना)
निर्वाचनको प्रकार र स्तरबारे निर्वाचनको प्रकृति हेरेर मात्र प्रायः त्यसको स्वरूप निर्धारण विश्वव्यापी स्तरमा हुँदै आएको छ । अन्तर्रर्ााट्रय र क्षेत्रीय स्तरको निर्वाचनमा क्रमशः विश्वका विभिन्न देश र क्षेत्रका सहभागी देशका तोकिएको मात्रामा सहभागीहरूले मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको हुन्छ । तोकिएको बाहेकका सहभागीले त्यसमा मतदान गर्न पाउँदैन । राष्ट्रिय स्तरमा हुने विभिन्न प्रकारका निर्वाचनमा समेत सम्बद्ध क्षेत्रका नागरिक, प्रतिनिधि तथा सहभागी मात्रले मतदान गर्न पाउने स्पष्ट व्यवस्था रहेको हुन्छ र त्यसमा अन्य क्षेत्रकाले मतदान गर्न नपाउने व्यवस्था नै रहेको हुछ । त्यसो गर्नुको मुख्य उद्देश्य सम्बद्ध निर्वाचनलाई विश्वसनीय, आधारभूत, प्रामाणिक, मौलिक, व्यवस्थित, मर्यादित, तथ्यपरक बनाउनु रहेको हुन्छ र यस प्रकारको व्यवस्था प्रायः विश्वका हरेक मुलुकमा रहँदै आएको छ । जहाँसम्म कुनै देशको राष्ट्रिय निर्वाचनको कुरा छ, त्यसमा प्रायः त्यस देशका नागरिकले मात्र भाग लिने र मतदान गर्न पाउने स्पष्ट व्यवस्था रहेको हुन्छ । त्यस प्रक्रियाको पालन गरेपछि मात्र त्यस देशको सही जनसङ्ख्या बारे निक्र्यौल गर्न सकिन्छ भने वालिग मताधिकारमा सहभागी हुने पुरुष र महिला नागरिकको जनसङ्ख्या बारे यकिन गरिन्छ र त्यसैको आधारमा देशव्यापी स्तरमा रहेका मतदाता सङ्ख्याको आधारमा मतपत्र, मतदान केन्द्र निर्धारण आदि कार्य निर्वाचन आयोगद्वारा सम्पन्न गरिन्छ । निर्वाचन र त्यसमा पनि राष्ट्रिय स्तरको एक ज्यादै मह�वपर्ूण्ा र चुनौतीजन्य कार्य भएको र त्यसका लागि अनेकौं प्रकारका मापदण्ड एवं प्रक्रिया निर्धारण गरी सम्पन्न गर्नुपर्ने हुँदा नै त्यसका लागि प्रायः हरेक देशमा निर्वाचन आयोग भन्ने छुट्टै र स्वतन्त्र निकायको स्थापना गरिएको हुन्छ ।