खाडीमा श्रमिक र साझा समस्या (हरि खड्का)
युनाइटेड अरब इमिरेट्स -यर्ुर्एइ) खाडी मुलुकमध्ये आर्थिक फड्को मार्न सफल भएको एक सम्पन्नशाली मुस्लिम देश हो । यर्ुर्एइ ७ वटा साना राज्य मिलेर बनेको र यस्ता राज्यमा स्थानीय शासक रहे पनि ती सबै राज्य केन्द्रीय सरकारबाट नियन्त्रण र निर्देशित रहन्छन् । यर्ुर्एइको जनसंख्या ४१ लाख ४ हजार ९६५ -सन् २००५ को जनगणनाअनुसार) र यसको क्षेत्रफल ९०, ५५९ वर्गकिलोमिटर
-टापुहरुसहित) छ । यहा�को जनसंख्याको तुलनामा कैयौं गुणामा विदेशी कामदार कार्यरत छन् । विदेशी कामदारमा विशेषगरी भारत, पाकिस्तान, बंगलादेश, नेपाल, फिलिपिन्स, चीन लगायत अमेरिकी र युरोपेली छन् । यर्ुर्एइ बहुभाषा, बहुराष्ट्रिय र बहुसंस्कृतिका मानिस अटाउन सफल एक खाडी मुलुक हो ।